३० कार्तिक २०८३, सोमबार

आज घोडे जात्राको विदाको दिन पनि राहदानी विभागले सेवा दिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । राहदानी विभागले आज मंगलबार घोडे जात्राको विदाको दिन पनि आफ्नो सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालका अनुसार मंगलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिनेछ ।