काठमाडौँ, ७ जेठ । दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले भूकम्प पीडित जनताको पीडामा दुःख व्यक्त गर्दै थप सहयोग गर्न नेपाल आउने बताउनुभएको छ ।
विहीबार भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको हो ।
नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । यसअघि मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ राजदूत उपाध्यायलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा आउने पनि बताउनुभएको छ । नेपालका भूकम्प पीडितलाई प्रत्यक्ष भेटेर सहयोग गर्न आफूले तयारी गरिरहेको केजरीवालको भनाई थियो ।
भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताउनुभएको थियो । राजदूत उपाध्यायले मुख्यमन्त्री केजरीवालसँग नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।
नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराउनुभएको थियो । जवाफमा केजरीवालले दिल्ली सरकारले नेपालमा आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।




![ef/tsf nflu g]kfnL /fhb"t bLks'df/ pkfWofo ef/tsf] gofF lbNnLsf d'VodGqL tyf cfdcfbdL kf6L{sf cWoIf c/ljGb s]h/Ljfn;Fu e]6jftf{ ug'{x'Fb} . /f;;÷;f}hGo g]kfnL b"tfjf;,gofFlbNnL](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/Dipkumar-and-Kejariwal.jpg)








प्रतिक्रिया