३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले आफ्नो अवसरवाद भुलेर एमाले र राप्रपालाई लगाए यस्तो गम्भीर आरोप (भिडिओ)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका छन् ।

आज सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहे पनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका हुन् ।

उनले राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर पनि गरेका छन् । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका सङ्कट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको जिकिर गरे । उनले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको दाबी गरेका छन् ।