१ कार्तिक २०८३, आइतबार

ज्यान मार्ने धम्कीपछि सलमान खानको सुरक्षा बढाइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।

ग्याङ्स्टर लरेन्स बिश्नोईले जेलबाट ज्यान मार्ने धम्की दिएपछि उनको सुरक्षा बढाइएको हो । यस्तै, बिश्नोईविरूद्द प्रहरीमा एफआईआरसमेत दर्ता गरिएको छ ।

सलमानको घरमा सुरक्षा थप कडा पारिएको छ भने घर वरिपरि मानिसहरुलाई जम्मा हुनसमेत बन्देज लगाइएको छ ।

पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई हाल भटिन्डा जेलमा छन्। उनले केही दिनअघि सलमानलाई माफी माग्न नभए परिणाम भोग्न तयार रहन चेतावनी दिएका थिए ।

सलमानमाथि कालो हरिण मारेको आरोप छ । कालो हरिण ज्यान मार्ने धम्की दिने बिश्रोईको समुदायले पूजा गर्ने जनावर हो ।