
काठमाडौैं, ६ चैत । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।
संसद् भवनको ल्होत्से हलमा बिहान साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय हुने बताइएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास विश्वासको मत लिने कार्यसूची छ ।
एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । तर सरकार गठनमा भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले सहमति तोडेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
राष्ट्रपति निर्वाचनमा तत्कालिन गठबन्धन भत्किएसँगै एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ । यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदा २६८ मत पाएका थिए ।












प्रतिक्रिया