
काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा)बाट राजीनामा दिएका छन् ।
स्वतन्त्र तथा संवैधानिक भूमिकाको पद मानिने राष्ट्रपति, उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पार्टीको पदबाट राजीनामा दिने प्रचलनसँगै यादवले राजीनामा दिएका हुन् ।
यादव उपराष्ट्रपति भएलगतै जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
यादव जसपा नेपालको केन्द्रीय समितिसँगै केन्द्रीय कार्यकारिणी समितिका सदस्य थिए ।












प्रतिक्रिया