३० कार्तिक २०८३, सोमबार

एलपी ग्यासको खपत निरन्तर घट्दो क्रममा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडा, ६ चैत । पछिल्लो समय खाना पकाउने ग्यासको खपत निरन्तर घट्ने क्रममा रहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतीय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घटेको हो ।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्यास खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्यासमात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो ।

निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्यासको खपत वार्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्यासको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।