३० आश्विन २०८३, शुक्रबार

अशोक लेल्याण्डका सवारी साधन किन्न एभरेष्ट बैंकले कर्जा दिने, भयो यस्तो सम्झौता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको चाहना अनुसार अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्ष सम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने बताइएको छ ।

कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ भने नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर कर्जा उपलब्ध गराइने आईएमई मोटर्सले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।