३० आश्विन २०८३, शुक्रबार

बर्दियाको जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुद्वारा गठबन्धन पराजित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ५ चैत । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा अवस्थित जनसेवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा एमालेनिटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जित हासिल गरेको छ ।

आज सम्पन्न मतदानबाट अनेरास्ववियुका उम्मेदवार लक्ष्मीप्रसाद न्यौपानेको नेतृत्वमा रहेको प्यानलै निर्वाचित भएको हो ।

सभापतिका उम्मेदवार न्यौपानेले ७३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी गठबन्धनका उम्मेदवार पूर्णसमित छिनालले ४७ मत प्राप्त गरे ।

निर्वाचनमा १२६ मत खसेको थियो ।