१ कार्तिक २०८३, आइतबार

पल शाहले दोब्बर बनाए पारिश्रमिक

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । अभिनेता पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् ।

पलले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकामा अब तीन लाख लिने भएका हुन् । पल १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका हुन् ।

पल छिट्टै म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गर्ने तयारीमा छन् । ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याकको तयारी गरेका हुन् ।

उक्त गीत पल शाहको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने बताइएको छ ।