
काठमाडौं, ५ चैत । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७ हजार १सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया