
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान १०ः३० बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ । आजको बैठकमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्ता पक्षमा बस्ने कि प्रतिपक्षीमा बस्ने निर्णय हुने बताइएको छ ।
नेकपा (एमाले)को समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको कांग्रेसलाई एमाले सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई संसद बैठकमा सत्ता पक्षमा बस्नुपर्ने पार्टी भित्रैबाट दबाब आएको छ । कांग्रेसको बिहान बस्ने बैठकले सत्ता पक्षमा बस्ने निर्णय गर्ने सम्भावना रहेको एक कांग्रेस नेताले जानकारी दिए ।
तत्तकालिन सरकार गठनमा भएको सहमति तोड्दै प्रचण्डले धोखा दिएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ । आज बस्ने संसद बैठकमा एमाले प्रमुख प्रतिपक्षीको सिटमा बस्ने बताइएको छ ।












प्रतिक्रिया