काठमाडौं, ७ जेठ । आकाशमा उडिरहेको जेट एयरवेजमा कार्यरत एयर होस्टेसमाथि यात्रुले यौन दुव्र्यवहार गरेका छन् ।
वाराणसीबाट दिल्लीतर्फ गइरहेको जेट एयरवेजको एक उडानमा सोमवार मदिराको नशामा रहेको एक यात्रुले जहाजमा कार्यरत एयर होस्टेसमाथि यौन दुव्र्यवहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जेट एयरवेजको फ्लाइट 9w 2424 ले वाराणसीबाट दिल्लीका लागि उडान भरीरहेको अवस्थामा यात्रुले एयर होस्टेसको शरीरको गोप्य अंगमा हात हालेका थिए । त्यती मात्रै होइन् एयर होस्टेसले उक्त दुव्र्यवहारको विरोध गर्दा मदिराको नशामा लट्ठ यात्रुले अश्लील हर्कत गरेर गालि समेत दिए ।
यात्रुले दुव्र्यवहार गरेपछि एयर होस्टेसले फ्लाइट कैप्टनलाई जानकारी गराएकी थिईन् । क्याप्टेनले घटनाको बारेमा थाहा पाएपछि विमानस्थलमा खबर गरेर प्रहरीमा उजुरी दर्ता गरियो ।
केही समयमै जहाज एयरपोर्टमा अवतरण भएपछि प्रहरीले हरिश कुमार नामका ति यात्रुलाई गिरफ्तार गरेको थियो । प्रहरीका अनुसार हरिश कुमारले जहाजमा बाथरुम गएर आएपछि एयर होस्टेसमाथि यौन दुव्र्यवहार गर्न सुरु गरेका थिए ।
एयर होस्टेसले बताए अनुसार हरिश कुमारले पहिला शरीरको पीठ्युमा समात्यो र त्यसपछि कमरमा अंगाल्लो हालेको थियो । त्यो देखेर जहाजका अन्य यात्रुहरु अचम्मा परेका थिए । उनीमाथि प्रहरीले सोधपुछ गरि जरिवाना समेत तिराएको बताइएको छ । एजेन्सी
















प्रतिक्रिया