१५ कार्तिक २०८३, आइतबार

विपत्तिमा राजनीति होइन सेवा गरौँः एमाले अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(150519) -- KATHMANDU, May 19, 2015 (Xinhua) -- K. P. Sharma Oli, chairman of Nepal's second largest party CPN-UML, speaks during an exclusive interview with Xinhua at his residence in Kathmandu May 18, 2015. China has been a real help to Nepal in the disaster relief and rescue operations since the April 25 devastating earthquake and the country is looking forward to more help from China in its rehabilitation and reconstruction, K. P. Sharma Oli said on Monday. (Xinhua/Lui Siu Wai)

काठमाडौंँ, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयम्सेवामा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।

विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले असाधारण सङ्कटग्रस्त अवस्थामा खास गरी अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउने काम गरिने बताउनुभयो ।

यही जेठ १० गतेदेखि एक महिनासम्म सञ्चालन हुने अभियानमा दश हजार स्वयम्सेवक परिचालन हुनेछन् । अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकमै स्वयम्सेवाको अगुवाइ हाम्रो पार्टीले गर्नेछ, १० गतेपछि देशले थाहा पाउँछ एमाले के हो भन्ने ।” उहाँले देशभित्र र बाहिरबाट उपलब्ध सहयोग र वितरणको स्पष्ट लागत राख्न पनि आग्रह गर्नुभयो ।

छानामुनि जनतालाई ल्याइसकेपछि पुरातात्विक महत्वका धरोहर र बाटाघाटा निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले जनतामा हामी बनाउन सक्ने रहेछौँ भन्ने मनोबल उठाउन अभियान सञ्चालन गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “विपत्तिको सामनाको कामलाई एमालेले निकै प्राथमिकता दिएको छ, हामीले जनताले हरेस नखाऊन् भनेर भूकम्प आएको भोलिपल्टै स्थायी कमिटीको बैठकबाट उद्धार, राहत र परिचालनका काममा जुट्ने निर्णय गरेका छौँ, अब पार्टीका अभियानले गति लिन थालेको छ ।”

उहाँले भन्नुभयो, “हामीले फेसबुकमा तस्बिर राख्नका लागि होइन जनतालाई सेवा दिने व्यापक भावना र सकारात्मक सन्देशका लागि काम गर्छांै , देखावटी होइन यथार्थका लागि गर्छांै ।”

कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखलाई शपथ गराउँदे अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका पनि सार्वजनिक गर्नुभयो । एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो स्वयम्सेवाले विश्वलाई नेपालीलाई कसरी आफ्नो मुलुक बनाउनेछन् भन्ने देखाउने बताउनुभयो ।