३० कार्तिक २०८३, सोमबार

आज हुने उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । आज हुन लागेको उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

बैठक बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्नेछ ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

यसअघि २५ फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनमा रास्वपाले १० दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

उपराष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हुने मतदानमा संघीय सांसद (प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्य) र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।

निर्वाचनमा संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेका छन् ।