३० कार्तिक २०८३, सोमबार

उपराष्ट्रपति चयनको लागि आज मतदान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन ।  उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हुने मतदान बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघीय संसदका सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

संघीय संसदका सदस्यले संसद भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेश सभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदान सम्पन्न भएसँगै आजै मतगणना हुने र मतपरिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिको लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी, रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेका छन् ।