२९ आश्विन २०८३, बिहिबार

चीनको जासुसी गर्दै अमेरिका, विश्वयुद्धको खतरा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-jin-ping

काठमाडौं, ७ जेठ । चीन र अमेरिकाबीच युद्धको संकेत देखिन थालेको छ । अमेरिकी अत्याधुनिक युएस सर्भिलान्स विमाले चिनियाँ भूभागमा जासुसी गरेपछि उनीहरुबीचको विवाद बढ्दै गएको हो ।

चिनियाँ नेभीले दक्षिणी चीन सागरमाथि छिरेको अमेरिकन पिएटए पोसाइडन विमानलाई आफ्नो भूभागबाट पछि हट्न भन्दै विवादको बीज नरोप्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार आफ्नो आकाशमा जासुसी गर्न आएको अमेरिकी जहाजलाई चीनले बुधवारमात्रै आठ पटक चेतावनी दिएको छ ।

अमेरिकाको यस्तो गतिविधिले चीनलाई निकै तनाव दिएको समाचारमा जनाईएको छ । यस्तो तनावले भविश्यमा यी दुई देशबीच युद्ध हुन सक्ने अमेरिका सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआईए) का निर्देशक माइकल मरेलले सिएनएनसँग बताएका छन् ।

उक्त ठाउँलाई चीनले आफ्नो भन्दै ठूलो लगानी गरिरहेको छ । उक्त ठाउँमा ठूलो संख्यामा चिनियाँ सैनिकहरु पनि परिचालित छन् ।

तर अमेरिकाले भने चीनको दाबीलाई अस्वीकार गर्दै आएको छ । उसले पटक पटक जासुसको लागि त्यस ठाउँमा जहाज पठाइरहेको छ । उक्त भूभागमा अथाहा प्राकृतिक स्रोत रहेको बताईएको छ ।

south china sea_china armysouthchinasea