काठमाडौं, ७ जेठ । ग्वालियर एयरबेसबाट उडेको एक भारतीय लडाकू विमानले सडकमै अवतरण गरेको छ ।
ग्वालियर एयरबेसबाट उडेको बिहान ६ बजेर ४० मिनेटमा वायुसेनाको मिराज–२००० विमानले मथुरा नजिकैको यमुना एक्सप्रेस राजमार्गमा सफल अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लडाकू विमान सडकमा सफल अवतरण भएपछि स्थानीयहरु आश्चर्य चकित परेका छन् । सडकमा विमान अवतरण भएपछि यहाँको राजमार्गमा तीन घण्टा यातायात ठप्प भएको थियो ।
लडाकू विमान यो अवतरण भारत सरकारले गरेको हो । कुनै पनि आपतकालिन अवस्थामा विमानस्थलमा समस्या भए राजमार्गमै लडाकू विमान अवतरण गराउने अभ्यास अन्तर्गत विहीबार भारतले सडकमै विमान अवतरण गरेको भारतीय सेनाका अधिकारीले जनाएका छन् ।

विश्व समुदायमा आफ्नो प्रभुत्व बढाउन भारतले आधुनिक हतियार र सैनिकक्षमता दिनप्रतिदिन बढाइरहेको बेला सडकमै अवतरण गरेर यो सैनिक अध्यास गरेको हो ।
आपतकालिन अवस्थामा लडाकू विमानलार्इ राजमार्गमै उतार्न र वायुसेनाको परिचालन क्षमता पनि जाँच्न अवतरण अभ्यास गरिएको भारतीय वायुसेनाका प्रवक्ताले बताएका छन् ।
यो लडाकू विमानमा पाइलट र विमानस्थल नभएपनि राजमार्गमा सजिलै अवतरण गर्न सकिन्छ । लडाकू विमानलाई आगामी दिनमा पनि सडकमा अवतरण गराउने अभ्यास गरिने अधिकारीले जनाएका छन् । एजेन्सी
















प्रतिक्रिया