१५ कार्तिक २०८३, आइतबार

२४ घण्टापछि नेपालमा फेरि दुई भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampaकाठमाडौं, ७ जेठ । बुधबार दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको कडा भूकम्पपछि विहीबार फेरि दुई वटा भूकम्प कम्पन भएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंमा कडा धक्का महसुस भएको २४ घण्टापछि विहीबार दिउँसो २ बजेर ११ र २ बजेर ५७ मिनेटमा अलग-अलग जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

२४ घण्टापछि आएको भूकम्पको पहिलो धक्का दोलखामा ४.२ रेक्टर स्केलको महसुस भएको थियो । दोस्रो भूकम्प नुवाकोटलाई केन्द्रविन्दु बनाएर २ बजेर ५६ मिनेटमा ४ रेक्टर स्केलमा कम्पन भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि काठमाडौंलाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो २ बजेर ४७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।