१५ कार्तिक २०८३, आइतबार

‘विदेशीले पेट काटेर दिएको रकम नखानुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Board

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भन्नुभयो– ‘उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने ?’ उहाँले यस्तो घृणित कार्य हुन नदिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राहत रकम र राहत सामग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन ।’ त्यस्तो पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरेको बताउनुभयो ।