३० कार्तिक २०८३, सोमबार

यस्तो छ उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

आयोगका अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो दुईथरी मतपत्र रहेको छ ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई रहेको छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको लागि रहेको छ ।

उपराष्ट्रपतिका लागि नेकपा (एमाले)को तर्फबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी, रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् ।