
काठमाडौं, १ चैत । ट्राफिक प्रहरीले यान्त्रीक अवस्था ठिक नभएका १० वटा सवारी साधनलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले मंगलबार काठमाडौंको कीर्तिपुरमा विशेष चेकिङ चलाएको थियो । सोही क्रममा १० वटा सावरी साधनलाई कारबाही गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अुनसार तालिम प्राप्त प्राविधिक सहितको टोलिले मंगलबार १ सयभन्दा धेरै सवारी साधनमा यान्त्रिक परिक्षण गरेको थियो । सोही क्रममा ‘हेण्डब्रेक’ नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै घिस्रिएका १० सवारी साधनका चालकलाई कारबाही गरिएको थियो ।
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले चेकजाँचलाई तिब्र पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्ने अभियान गत १५ भदौदेखि सुरु गरेको हो ।












प्रतिक्रिया