३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेश युवा परिषद् हेटौंडाद्वारा एकै पटक १२४ जना कर्मचारी माग (सूचनासहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ चैत । बागमती प्रदेश सरकारको प्रदेश युवा परिषद् हेटौंडाले एकै पटक १ सय २४ जना कर्मचारी माग गरेको छ ।

परिषद्को चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन गर्न १ सय २४ जना कर्मचारी माग गरिएको परिषद्को सूचनामा उल्लेख छ ।

युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्र (गणित र विज्ञान शिक्षक माध्यमिक तह)का ४४ जना, स्वास्थ्य क्षेत्र (स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट)का ३० जना गरी १ सय २४ जना कर्मचारी माग गरेको हो ।

स्वयंसेवा गर्न इच्छुकहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र परिषद्को वेवसाइटमा रहेको अनलाईन फार्म भरेर सूचीकृत गर्न अनुरोध गरिएको छ ।

स्वयंसेवक बन्न १८ वर्ष पुगेको र बागमती प्रदेशको स्थायी बासिन्दा हुनु पर्ने युवा परिषद्ले जनाएको छ ।