३० कार्तिक २०८३, सोमबार

अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघको ७ दिनको अल्टिमेटम

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेविसंघ काठमाडौंले, केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सात दिनको अल्टिमेटम दिएको छ ।

नेविसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा पत्र पठाएर अध्यक्ष तोक्ने काम गरेको भन्दै सच्याउन अल्टिमेटम दिएको हो ।

नेविसंघ काठमाडौंका सह सचिव निसान महर्जनले, स्ववियु टिकट वितरणमा पारदर्शी नभएको र केन्द्रीय अध्यक्षले, जिल्लाहरूमा विभिन्न पदमा मनोनीत गर्दै पत्र पठाउने काम गरेकोमा आफूहरूले विरोध गरेको बताए ।

उनले भने ‘हामीले ७ दिनको अल्टिमेटम दिएका छौं । सो अवधिमा तुरुन्त सहमतिका लागि वार्तामा आउनुहोस् नत्र हामी देश भरि नै आन्दोलन गर्न तयार छौ ।’

हालका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रुपमा गुट बचाउन चिठी आतंक मच्चाएको उनको आरोप छ ।

‘एकलौटी रुपमा बाडिएको चिठी तुरुन्त फिर्ता होस्, दुजाङ शेर्पाले आफ्नो गुट बचाउन चिठी आतंक गरेका छन, दुजाङ शेर्पाले कसैको कुरा नसुनी एकलौटी रुपले चिठी बितरण गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा ताला लगाएको छौं ।’ उनले भने ।