काबुल, ७ जेठ । अफगानिस्तानको दक्षिणी तराई भागमा रहेको उरुज्गान प्रान्तमा प्रहरी केन्द्रहरूमा विद्रोहीले गरेका आक्रमणहरूमा कम्तीमा एक दर्जन प्रहरी अधिकारीको मृत्यु भएको जानकारी एक अधिकारीले दिए ।
उरुज्गानको चर्चेनो जिल्लाका प्रहरी उपप्रमुख नेमातुल्ला खान रोशनलेले तालिवान विद्रोहीले सोमबार राती तीन प्रहरी केन्द्रमा आक्रमण गरेको बताए । रोशनले उक्त क्षेत्रमा सङ्घर्ष अझै कायम रहेको र सरकारले थप प्रहरी उक्त क्षेत्रमा तैनाथ गरेको जानकारी दिए ।
रोशनले द्वन्द्व निकै गहन भएको र त्यहाँबाट मारिएका प्रहरी अधिकारी तथा विद्रोहीको शव ल्याउन नसकिएको जानकारी दिए ।
अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रको बद्गिस प्रान्तमा सरकारी सेनाले कम्तीमा १० विद्रोही मारेको एक अधिकारीले बताए ।
उक्त प्रान्तका प्रशासकका प्रवक्ता मिरवैस मिजाकवालले बाला मुर्गाब जिल्लामा सरकारी कारवाही निरन्तर रहेको बताए । मिर्जाकवालले सरकारले सीमामा राम्रो सुरक्षा व्यवस्था गरेको बताए । रासस/एपी
















प्रतिक्रिया