३० आश्विन २०८३, शुक्रबार

कतारमा बस दुर्घटना, २ नेपालीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident 2काठमाडौं । मजदुरीका लागि कतार गएका दुई नेपालीले ज्यान गुमाएका छन् । कतारमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई मजदुर नेपालीको मृत्यु भएको हो ।

बीच सडकमा मजदुर बोकेको मिनिबसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा २ जना नेपालीसँगै २ जना फिलिपिन्सका नागरिककको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए । ज्यान गुमाउनेमा नेपालबाट मजदुरीका लागि कतार पुगेका ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिराज खनाल रहेका छन् ।