
काठमाडौं, २८ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४५ रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १३० रुपैयाँ प्रतिकेजी रहेका छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना २५० रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १०० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २२० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया