३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै, बूढानीलकण्ठस्थित निजी निवासमा सर्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ ।

नयाँ कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन् ।

राष्ट्रपति भण्डारीको आजबाट कार्यकाल सकिने भएकाले शीतल निवासबाट बूढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सर्न लागेकी हुन् ।

उनी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन् भने, दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।