
काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं जिल्लाको अध्यक्षमा मनिष डंगोललाई जिम्मेवारी दिएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन् ।
डंगोल काठमाडौं महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन् ।
अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौंको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ ।















प्रतिक्रिया