३ कार्तिक २०८३, मंगलबार

राष्ट्र संघले बाँडेको चामल नखान मानवअधिकार आयोगको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN Ko Chamalकाभ्रे, ८ जेठ । काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाँडेको चामल तत्काल नखान राष्ट्रिय मानवअधिकार आयोगको टोलीले अनुरोध गरेको छ ।

भूकम्पपीडितलाई कुहिएको चामल वितरण भएको समाचार प्रकाशित भएपछि बुधबार महादेवस्थान र चण्डेनीमण्डन गाविसमा आयोग टोली पुगेको थियो ।

आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालसहितको टोलीले दुवै गाविस र पाँचखाल केराघारीका घरघरमै पुगेर चामलको नमुनासमेत संकलन गरेर लगेको नागरिक दैनिकले छापेको छ ।

ुधेरै ठाउँमा हेरियो, स्टोर गरिएका गोेदाम पनि हेरियो, स्थानीयसँग पनि बुझ्यौं पत्रपत्रिकामा समाचार आएपछि संस्थाले चामल बाँड्न रोकेको रहेछ, नमुना परीक्षणका लागि ल्याएका छौं, परीक्षणको नतिजा नआउँदासम्म नखान अनुरोध गरेका छौं,ु अन्सारीले भनिन् ।