
काठमाडौं, २७ फागुन । ९ दलीय गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ः३० बस्ने बस्ने बैठकले उपराष्ट्रपति पदको उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनको जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले दाबी गर्दै आएको छ ।
जनमतले ५३ वर्षीया ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जसपा नेपालले बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ५२ वर्षीय रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
उपराष्ट्रपति निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको कार्यतालिका रहेको छ ।












प्रतिक्रिया