३ कार्तिक २०८३, मंगलबार

डेरा जमाएको अमेरिकी सेनालाई फिर्ता पठाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-sena-helicopterकाठमाडौं, ७ जेठ । महाभूकम्पपछि नेपालमा उद्दार र राहतका लागि आएका सबै अमेरिकी सैनिक टोली फर्किने भएको छ ।

वैशाख १३ गतेदेखि नै अमेरिकी सेना नेपाल आउन थालेका थिए ।

अब अमेरिकी सेना फर्कन लागेको सम्बन्धमा सैनिक मुख्यालयमा बुधबार साँझ संयुक्त पत्रकार सम्मेलन नै आयोजना गरिएको कान्तिपुर दैनिकले छापेको छ ।

पत्रकार सम्मेलनमा नेपाल आएको अमेरिकी सेनाको ज्वाइन्ट फोर्स कमान्डर जोन विस्लरले आफ्नो टोली फर्किने बताएका हुन् ।

उनका अनुसार ४ वटा ओस्प्रे विमान बिहीबार फर्किने छन् । बाँकी चार हेलिकप्टर पनि लगत्तै जाने उनले बताए ।

पाँचमध्ये एउटा अमेरिकी हेलिकप्टर भने सिन्धुपाल्चोकको घोरथलीमा दुर्घटनाग्रस्त भएको थियो ।