
काठमाडौं, २७ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
यसैगरी, आजको बैठकमा समसामयिक राजनीतिक र राष्ट्रपति निर्वाचनको समिक्षा हुने बताइएको छ ।
आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका रहेको छ ।












प्रतिक्रिया