लखनऊ (भारत), ६ जेठ । भारतको उत्तरी भागमा नियन्त्रण व्यवस्था नभएको रेलमार्ग चोकमा मानिस भरिएको मालडब्बा सहितको एक ट्र्याक्टरलाई एक रेलले ठक्कर दिँदा दश व्यक्तिको मृत्यु भएको तथा ३० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी प्रहरीले बुधबार दिएको छ ।
उत्तर प्रदेशको बिजनोर नगरमा उक्त ट्र्याक्टर रेलमार्ग तर्दै गरेको अवस्थामा मङ्गलबार राती यात्रुवाहक रेलले ठक्कर दिएको बिजनोरका प्रहरी अधिकारी शैलेन्द्र लाले बताए ।
गङ्गा नदी नजिकै एक हिन्दु धार्मिक नगरमा आयोजित एक कार्यक्रममा भाग लिएर निकै व्यक्ति उक्त मालडब्बामा चढेको लालले बताए ।
उक्त दुर्घटनामा तेतीस व्यक्ति घाइते भएको बताइएको छ । घाइतेमा छ व्यक्तिको अवस्था गम्भीर भएको र उनीहरूलाई नजिकैको ठूलो नगर मिरुतका अस्पताल लगिएको जानकारी दिइएको छ ।
उक्त दुर्घटना उत्तर प्रदेशको केन्द्र लखनऊबाट ३५० किलोमिटर पर भएको बताइएको छ । रासस/एपी
















प्रतिक्रिया