३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति चयनका लागि मतदान सुरु, ३ बजेसम्म मतदान जारी रहने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानको लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ ।

मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा सदस्य (२७५ जना), राष्ट्रिय सभा सदस्य (५९ जना) र ७ वटै प्रदेश सभाका सदस्य (५ सय ५०) गरी ८ सय ८४ जना मतदाता रहेका छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी रहेको छ ।