
काठमाडौं, २५ फागुन । आज हुने राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्र रहेको छ ।
निर्वाचन आयोगका अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो दुई थरी मतपत्र रहेको छ ।
रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई रहेको छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको लागि रहेको छ ।
राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदैछ ।

राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया