
काठमाडौं, २५ फागुन । आज हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दैछ ।
बैठक बिहान साँढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बुझिएको छ ।
बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्ने बारे निर्णय लिने बताइएको छ ।
संघीय संसदमा रास्वपाका १९ जना सांसद रहेका छन् ।
राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदैछ ।
राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया