३ कार्तिक २०८३, मंगलबार

दैलेखको गुराँसमा विवाह गर्न वडाको अनुमति चाहिने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २४ फागुन । दैलेखको गुराँस गाउँपालिकाको एक वडामा विवाह गर्न वडाको अनुमति चाहिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ ले विवाह गर्नुअघि अनिवार्य वडा कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरेको हो ।

१२ फागुनमा बसेको वडा समितिको बैठकले मंगलबार देखि लागू हुने गरी निर्णय गरेको हो ।

वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार वडालाई बाल विवाह निषेध गर्नका लागि विवाह गर्न वडाको अनुमति चाहिने अनुमति लिनुपर्ने निर्णय भएको हो । उनका अनुसार विवाह दर्ता गराउन आउँदा विवाह अनुमतिपत्रलाई अनिवार्य गरिएको छ ।