७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २३० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजीमा बिक्रि भइरहेको छ ।

यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ तोकेको कालीमाटी बजारले तितो करेला १२० रुपैयाँ, हरियो प्याज ५० पैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ रहेको छ भने ब्रोबाउली र भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ क र हरियो धनियाँ ४० रुपैयाँमा पाइने समिति जनाएको छ ।

त्यस्तै, कालो अंगुरको प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।