
काठमाडौं, २३ फागुन । नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवासमा माओवादी धारका नेताहरुको संयुक्त बैठक बसेपछि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले यस्तो बताएका हुन् ।
एमाले पोलिटब्युरो सदस्य समेत रहेका थापाले भनेका छन्ः
माओवादी नौटंकी-
पीडितहरू बोल्न थालेपछि थाहा होला- असली हैसियत । यसरी प्रधानमन्त्री निवासको दुरुपयोग नगर !
पछिल्लो दिनहरुमा संक्रमणकालिन न्यायको विषयमा चर्चा भइरहेको बेला मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको माओवादी धारका नेताहरुको बैठकले शान्ती प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको छ ।

बैठकमा प्रचण्डसँगै नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा, नेकपा बहुमतका धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादीका विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी र माओवादीका नारायणप्रसाद धिमाल लगाएतको सहभागी रहेको थियो ।













प्रतिक्रिया