
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ ।
बैठकले शान्ति प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा, नेकपा बहुमतका धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादीका विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी र माओवादीका नारायणप्रसाद धिमालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शान्ती प्रकियाको बाँकी कामलाई टुंगो लगाउन माग गरेका हुन् ।
संक्रमणकालिन न्यायको सम्बन्धनमा भइरहेको चर्चा बारे गम्भीर ध्यानाकर्षण भएको समेत बैठकको निष्कर्ष रहेको छ ।













प्रतिक्रिया