२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा बस्ने नेपालीले मनाए होली (तस्वीरहरु)

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २३ फागुन । संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन् ।

No description available.

नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो ।

No description available.

नेपाली सोसाइटी अस्टिनले आयोजना गरेको कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले उल्लेख गरेका छन् ।

प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कला संस्कृति, चाडपर्व र रितीरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सधैँ कटिबद्ध रहिरहने पोखरेलको भनाइ छ ।

No description available.

यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठाउँहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन् ।

No description available.

No description available.

No description available.