२९ आश्विन २०८३, बिहिबार

सालीसँग विवाह गर्न खोज्दा श्रीमतीले रोकपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rap

काठमाडौं, ६ जेठ । सालीसँग विवाह गर्न श्रीमतीले रोकेपछि श्रीमानले राम धुलाई गरेका छन् ।

भारतको फरीदकोट सहरको ग्रामिण क्षेत्र कलेरमा मंगलबार राति एक श्रीमानले सालीसँग विवाह गर्न जबरजस्ती गर्दा श्रीमतीले नमानेपछि आक्रमण गरेका हुन् ।

ति व्यक्तिले रिसको आवेगमा आफ्नै श्रीमतीलाई फलामको रडले हानेर घाइते बनाएका छन् । जसकारण पीडित महिलालाई अस्पताल भर्ना गरिएको छ ।

पीडित महिलाका अनुसार मदिराको नशामा ति व्यक्तिले आफ्नो भाईको विवाह सालीसँग जबरजस्ती गरिदिन खोजेका थिए । र श्रीमतीले मनाई गर्दा दिनदिनै कुटपिट गर्थे । त्यती मात्रै होइन् । पीडित महिलाले विवाह गर्न विरोध गर्दा ससुराले पनि कुपिट गर्थे ।

प्रहरी जांंच अधिकारी जसवीर सिंहले महिलाको बयानका आधारमा श्रीमान सासु र देवर विरुद्ध मुद्दा दर्ता गरिएको छ । अन्य थप अनुसन्धान भइरहेको छ । अभियुक्त केही दिन पहिले जेलबाट छुटेर घर आएका थिए । एजेन्सी