२० कार्तिक २०८३, शुक्रबार

‘राष्ट्रिय सरकार बनाउन सहमति भइसक्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gacheedar

विराटनगर, ६ जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार चाँडै निर्माण हुने बताउनुभएको छ ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पार्नुभयो ।

सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले चाडै नै राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहमतिकै सरकारको माध्यमबाट सहमतिमा संविधान निर्माण हुने र स्थानीय निकायको निर्वाचन समेत हुने उल्लेख गर्नुभयो ।