२९ आश्विन २०८३, बिहिबार

३९० जनाको निःशुल्क आँखा परीक्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा मंगलबारबाट सुरु भएको निःशुल्क आँखा शिविरमा ३ सय ९० जनाको आँखा परीक्षण गरिएको छ ।

मंगलबार रौतहटको फतुवाबिजयपुर गाउँपालिका वडा नम्बर ११, हिमालिबासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परिक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए । जसमध्ये ४८ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

त्यसैगरी सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ७ क्यानेश्वरमा १ सय ४२ जनाको परीक्षण गर्दा २५ जना मोतिबिन्दुका बिरामी भेटिएको कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले जानकारी दिए ।

शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । मोतिबिन्दुका बिरामीहरुको फागुन १९ गते शुक्रबार हेटौंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने संयोजक पराजुलीले बताए ।

पराजुलीका अनुसार आज बुधबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५, रानिगन्ज र सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ३, पिपलमाडीमा शिविर हुनेछ ।