– त्रिलोचन कोइराला
यूएई । चर्चित सांगीतिक समुह नेपथ्यले आगामी २१ मे २०१५ मा दुबईमा गर्ने नेपथ्य लाइभ कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै चर्चित सांगीतिक समुह नेपथ्यले भूकम्प पीडितका लागि आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको जनाएको हो ।
राहतका लागि नेपथ्यले संगीत यात्राको नामकरण नै गरेर नेपथ्यले नेपालमा विनासकारी भूकम्प गएपछी पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने घोषणा गरेको थियो । नेपथ्यले पूर्बनिर्धारित दुबईको कार्यक्रम पनि पीडितको लागि सहयोगार्थ हुने यस अगाडी नै बताई सकेको छ ।
जस पाइजा र राजन अधिकारी आयोजक रहेको नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अल नासर लेजरल्याण्ड क्लबमा मे २१ तारिक साझ ८ बजे देखि ११ बजे सम्म हुदै छ । तिन हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट अमृत गुरुङको संयोजनमा धुर्ब लामा, किरण श्रेष्ठ, निरज गुरुङ, प्रदिप खनाल, शान्ति बहादुर राइ, सुबिन शाक्य, सुदिप बिष्ट, सुरज कुमार थापा, दुबईमा आइसकेका छन ।
आयोजकले भूकम्प पीडितको सहयोगार्थ भनेर पीडितको नाम उचारण गरि सकिएको हुनाले कार्यक्रम मूनाफा भए सम्पूर्ण मुनाफा एबम मुनाफा नभए पनि महाभूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा आयोजकले नेपथ्य लाईभ कन्सटको लागि यूएइको सम्पूर्ण प्रमुख शहरबाट निःशुल्क यातायातको ब्यबस्थापन गरिएको जनाएको छ ।

















प्रतिक्रिया