३ कार्तिक २०८३, मंगलबार

घर भत्किएपछि शौचालय बन्यो भान्छा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

toylet

खोटाङ, ६ जेठ । गत वैशाखको भूकम्पले घर र मतान पूर्ण रुपमा भत्किएपछि खोटाङका दुई परिवारको शौचालय नै भान्छा बनेको छ ।
बस्दै आएको घर र मतान भूकम्पले पूर्ण रुपमा भत्किएपछि सप्तेश्वर छितापोखरी बतिखुमका प्रदीप गिरी र पर्शुराम गिरीको परिवारले शौचालयलाई नै भान्छाको रुपमा प्रयोग गरिरहेका हुन्  ।

खुला ठाउँमा आगो बालेर अँगेना जोड्नुभन्दा साँघुरो भए पनि शौचालयभित्र आगो बाल्नु सुरक्षित हुने भएकाले शौचालयमा नै पकाउन थालिएको भूकम्पपीडित प्रदीपले बताए । केहीसमयअघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छितापोखरीका गिरी परिवारले नयाँ शौचालयलाई भान्छा बनाएका हुन् ।

भूकम्पले घर भत्किएपछि प्रदीपका श्रीमती र छोराछोरीसहित नौजनाको परिवार पालमुनि बसिरहेका छन् । यस्तै पर्शुराम ८० वर्षका वृद्धा आमा, श्रीमती, छोराबुहारी र एक वर्षका नातिसहित पाल टाँगेर खुला चौरमा बसिरहेको स्थानीय अमृत गिरीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।