२८ आश्विन २०८३, बुधबार

पुन: विश्वकै धनी व्यक्ति बने एलन मस्क

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुन: शीर्ष स्थानमा उक्लिएका हुन्।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ। मस्क दुई महिनाभन्दा बढी समय दोस्रो स्थानमा थिए। ब्लूमबर्गका अनुसार टेस्ला स्टकमा भएको वृद्धिले मस्क पुन: अर्बपति सूचकांकको शीर्षमा स्थानमा आएका हुन् ।

यस वर्ष टेस्लाको सेयर मूल्यमा ७० प्रतिशतले वृद्धि हुँदा मस्कको आम्दानी पनि बढेको हो । यसअघि मस्कको सम्पत्ति निरन्तर घटेको थियो ।

उनी विश्वमै सबैभन्दा धेरै आम्दानी गुमाउने व्यक्तिको सूचीमासमेत परेका थिए । उनले गत वर्षको अन्त्यमा २०० बिलियन डलरको सम्पत्ति गुमाएका थिए ।

उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो।