
काठमाडौं, १६ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आलु रातोको २८, आलु सेतोको १८, कागतीको २३०, कोइरालोको ३००, खुर्सानी सुकेकोको ४५०, खुर्सानी हरियोको १००, गान्टेमुलाको ७० रुपैयाँ रहेको छ ।
यसैगरी काक्रो ९०, काउली १८, चमसूरको साग ४०, च्याउ १२०, अदुवा ११०, अनारको ३००, रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै, अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० र अंगुर हरियोको १४० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया