
काठमाडौं, १५ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको १००, आलु रातोको २७, काउली तराईको २०, लोकल काँक्रोको १३०, लोकल घिउसिमीको ९०, घिरौलाकोे १६०, जुनारको २५०, तरुलको ७० रुपैयाँ रहेको छ ।
यस्तै गोलभेडा ५०, गाजर २०, खुर्सानी हरियो ९०, सुकेको ४००, तोरीको साग २०, न्यूरो १०० रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ छ भने अंगुर(हरियो) को १५० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया